विवाह बन्धनमा बाँधिए फुटबलर विमल र लुना

काठमाडौं । फुटबलर विमल घर्तीमगरले प्रेमिका लिना प्रधानसँग विवाह विवाह गरेका छन् ।
काठमाडौंको भद्रकाली मन्दिरमा विमल र लिनाले लगनगाँठो कसेका हुन् । उनीहरु ५ बर्षदेखि प्रेममा थिए ।
विमलले सामाजिक सञ्जाल फेशबुकमा विवाहको तस्वीर पनि सेयर गरेका छन् ।
विमल नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य हुन भने लिना वैदेशिक रोजगारीमा युएईमा बस्दै आएकी छिन् ।
विमल माल्दिभ्समा फुटबल खेल्न जाँदा पहिलोपटक लिनासँग ५ बर्षअघि उनको भेट भएको थियो ।
विमल हालसालै मात्र एफसी कप छनोट खेलेर भारतबाट फर्किएका हुन् ।
प्रतिक्रिया