संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीसमा विश्वम्भरप्रसाद श्रेष्ठ अनुमोदित
काठमाडौं । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीस पदका लागि विश्वम्भरप्रसाद श्रेष्ठलाई अनुमोदन गरेको छ ।
सोमबार समितिमा गरिएको सुनुवाइपछि श्रेष्ठ सर्वसम्मतिले अनुमोदित भएका हुन् । सुनुवाइ समितिमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।
त्यसअघि समितिले आज बिहान उजुरीकर्तासँग छलफल पनि गरेको थियो ।
सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
श्रेष्ठले करिब १४ महिना सर्वोच्चको नेतृत्व सम्हाल्ने छन् । २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ २०८१ असोज १९ पछि ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन्।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया