कोशीका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने, सभाको अध्यक्षता गर्नेले पनि मत दिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीले आजै विश्वासको मत लिने भएपछि प्रदेशसभाको बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने छन् । कोशी प्रदेशसभामा सभामुख छैनन् । यसअघिका सभामुख बाबुराम गौतमले राजीनामा दिएका थिए ।
उनले गठबन्धनको सरकार गठनका लागि बहुमत (४७) पुगाउन राजीनामा दिएका थिए । सभामुख नभएपछि उपसभामुखले बैठक सञ्चालन गर्नु पथ्र्यो ।
तर उपसभामुख सृजना दनुवारले बिरामी भएको कारण देखाउदै काठमाडौं गएपछि ज्येष्ठ सदस्यका रुपमा मन्सुरीले नै बैठक सञ्चालन गर्ने तोकेकी थिइन् ।
सत्तारुढ गठबन्धनले मन्सुरीले बैठकको अध्यक्षता गर्दै मुख्यमन्त्री थापालाई विश्वासको मत दिने निर्णय गरेको हो । कार्यव्यवस्था परामर्श समितीको बैठकले ३ बजे सभा बस्ने कार्यसूची तय गरेको हो । प्रदेशसभाको बैठक अहिले केहि बेरमा बस्दै छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया