कोशीका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने, सभाको अध्यक्षता गर्नेले पनि मत दिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीले आजै विश्वासको मत लिने भएपछि प्रदेशसभाको बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने छन् । कोशी प्रदेशसभामा सभामुख छैनन् । यसअघिका सभामुख बाबुराम गौतमले राजीनामा दिएका थिए ।
उनले गठबन्धनको सरकार गठनका लागि बहुमत (४७) पुगाउन राजीनामा दिएका थिए । सभामुख नभएपछि उपसभामुखले बैठक सञ्चालन गर्नु पथ्र्यो ।
तर उपसभामुख सृजना दनुवारले बिरामी भएको कारण देखाउदै काठमाडौं गएपछि ज्येष्ठ सदस्यका रुपमा मन्सुरीले नै बैठक सञ्चालन गर्ने तोकेकी थिइन् ।
सत्तारुढ गठबन्धनले मन्सुरीले बैठकको अध्यक्षता गर्दै मुख्यमन्त्री थापालाई विश्वासको मत दिने निर्णय गरेको हो । कार्यव्यवस्था परामर्श समितीको बैठकले ३ बजे सभा बस्ने कार्यसूची तय गरेको हो । प्रदेशसभाको बैठक अहिले केहि बेरमा बस्दै छ ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया