राजेन्द्र राईको आशंका: उपसभामुख बिरामी हुनु बहानाबाजी नाटक त तोइन ?
काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले उपसभामुख सिर्जना दनुवारले शंकास्पद भूमिका खेलको बताएका छन्।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने सम्बन्धी राखेको प्रस्ताव माथिको छफलमा राईले मुख्यमन्त्रीले माग गरेको समयलाई क्रस गरेर अर्को दिन विश्वासको मतको लागि समय तोक्ने काम उपसभामुखले गरेको उनले बताए ।
राईले यस्तो अभ्यास संघ र प्रदेशभर नै पहिलोपटक गर्नु सामान्य कुरा नभएको बताए ।
नेकपा एकीकृत समाजवादी कोशी प्रदेशका संसदीय दलका नेतासमेत रहेका उनले उपसभामुखले बिदाको नाटक मञ्चन गरेर मुख्यमन्त्रीलाई विश्वासको मत लिन नदिन असुविधा बनाउने मनसाय रहेको बताए ।
उनले केही शंकास्पद गतिविधि कार्यहरु उपसभामुखबाट भएकोले यो बिरामी बहानाबाजी नाटक तोइन?भन्ने आशंका व्यक्त गर्दै त्यसबारेमा मेडिकल रिपोर्टले देखाउने बताए ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया