मुख्यमन्त्रीलाई हाम्रो विश्वासको मत आवश्यक रहेनछ, हामी दिन पनि दिँदैनौँः भण्डारी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई एमालेले विश्वासको मत नदिने बताएको छ ।
मुख्यमन्त्री थापाले प्रदेशसभा पेश गरेको विश्वासको मत लिने प्रस्तावको छलफलमा बोल्दै । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यले लिने विश्वासको मतमा विपक्षीमा मतदान गर्ने बताए ।
उनले भने, ‘हाम्रो विश्वासको मत मुख्यमन्त्रीलाई आवश्यकता पनि रहेन छ । र अस्ती प्रतिपक्षीसँग आश छैन भनेर पनि मिडियासँग भनिसक्नु भएको छ । त्यसो भएको हुनाले माननीय मुख्यमन्त्री उद्धव थापा ज्यू, तपाईले राख्नु भएको विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा मतदान गर्न नसकिने कुरा जानकारी गराउँदछु ।’
यस्तै भण्डारीले उपसभामुख सृजना दनुवारको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना लगाएको भन्दै आपत्ति पनि जनाए । भण्डारीले उपसभामुखले जिम्मेवार ढंगले आफ्नो भूमिका निर्वाह गरेको दाबी गरे ।
उपसभामुखले आफू बस्न नसके पनि सभा सञ्चालनको वातावरण बनाएर काठमाडौं गएको उनले बताए । सत्ता गठबन्धन दलका नेताहरुले उपसभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत लिन बाधा पु¥याएको आरोप लगाएका थिए ।
प्रतिक्रिया