भक्तपुरको बाल सुधार गृहबाट २२१ जना नाबालक बन्दी फरार

काठमाडौं । भक्तपुरको बाल सुधार गृहबाट २२१ जना नाबालक बन्दी फरार भएका छन् ।
भक्तपुरको सानो ठिमीस्थित बालसुधार गृहबाटमा रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि आन्दोलन चर्किएको थियो ।
नाबालक बन्दीको मृत्युपछि अवस्था तनाव ग्रस्त बनेको मौका छोपी उनीहरु फरार भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई आक्रमण गरेर उनीहरू भागेको जिल्ला प्रसाशन कार्यलय भक्तपुरले जनाएको छ ।
सुधारगृहमा भएका अधिकांश बालक भागेको र उनीहरूको आक्रमणबाट २० सुरक्षाकर्मी घाइते भएका जनाइएको छ । पछाडिको ढोका फोडेर ड्युटीमा रहेका सुरक्षाकर्मीलाई कुटपिट गरी उनीहरू भागेका हुन्।
सुधार गृहमा २९६ जना नाबालक बन्दी रहेकामा अहिले प्रहरीको नियन्त्रणमै ४२ जना बालिका र ३३ जना रहेका छन् । अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
थुनुवाहरु तोडफोडसहित फरार भएपछि अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
दुईजना एसएसपीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको जनाइएको छ ।
घटनास्थलमा उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरु दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया