देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केहि बेरअघि बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको सांगठनिक गतिविधि र मुुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने एक पदाधिकारीले जानकारी दिए ।
यस्तै बैठकमा साउन २० देखि ३० सम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा र दोस्रो चरणको अभियानबारे छलफल पनि हुने छ ।
नगरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रमसहित भदौ १० देखि २४ सम्मको कांग्रेसले दोस्रो चरणको अभियान गर्दैछ ।
बैठकमा विभागका विषयमा पनि छलफल हुने जनाइएको छ । विभाग र भ्रातृ संस्थालाई पूर्णता १५ भदौसम्म दिने पार्टीले निर्णय गरेको थियो ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया