नारायणगढ-मुग्लिन सडक दिउँसो ३ बजेसम्म खुल्ने सम्भावना
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन आज अपराह्न ३ बजेसम्मको समय लाग्ने देखिएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो । अहिले तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन् ।
पौडेलले भने, ‘थप समस्या नभएमा अपराह्न ३ बजेसम्ममा पहिरो पन्छाउन सकिन्छ ।’ पाँच/सात मिनेटको फरकमा ढुङ्गा खसिरहेकाले पूर्णरुपमा काम गर्न नसकिएको उनको भनाइ छ ।
पौडेलका अनुसार सात हजार घनमिटर हाराहारी पहिरो खसेको अनुमान छ । करिब ६०–७० मिटर माथिबाट पहिरो झरेको हो । सोमबारदेखि नै सवारी साधनहरु रोकिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया