एमाले र एकिकृत समाजवादीमा के फरक ? यस्ता छन् माधव नेपालले देखाएका ७ विषय
काठमाडौं । नेकपा एमाले फुटाएर नेकपा एकिकृत समाजवादी पार्टी गठन भएको २ बर्ष भयो ।
२०७८ भदौ २ गते एमाले फुटेर एकिकृत समाजवादी बनेको हो । लामो समय एमालेको नेतृत्व गरेका व्यक्ती हुन्, माधव नेपाल । नेपाल अहिले नेकपा एकिकृत समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् ।
मंगलबारबाट यो पार्टीको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठकमा अध्यक्ष नेपालले एमालेसँग गरेको विद्राहको औचित्य पुष्टी भएको बताएका छन् । उनले सात वटा कारण देखाउदै एमालेसँग गरेको विद्रोह र नयाँ आन्दोलनको विकास औचित्यपूर्ण रहेको बताएका हुन् ।
एमाले र एकिकृत समाजवादीमा के फरक ?
पहिलो : २०६३÷०६३ को आन्दोलनपछि आफ्नो पार्टीले नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्ने तर एमालेले नमान्ने ।
दोस्रो : वर्तमान नेपाल समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ भन्ने तर एमाले यो नमान्ने भनेर व्याख्या ।
तेस्रो : अव हुने क्रान्तिलाई आफ्नो पार्टीले समाजवादी क्रान्ति भनेको तर एमालेले त्यो कुरालाई नमानेको भनाई ।
चौथो : मार्क्सवाद लेनिनवादलाई आफ्नो पार्टीले मार्गदर्शक सिद्धान्त मान्ने तर एमालेले जवजलाई मार्गदर्शक सिद्धान्त मानेकोमा फरक ।
पाँचौ : समाजवादी क्रान्तिको कार्यक्रम अंगालेर नेकपा एस अघि बढेको तर एमाले यो कुरा नमान्ने पार्टीका रूपमा चित्रण ।
छैटौँ : आफूहरू प्रतिगामी पुनरुत्थानवादी तत्त्वहरूका विरुद्ध प्रहार केन्द्रित गर्ने तर एमाले त्यस्तै तत्त्वहरूसँग सहकार्य गर्ने पार्टीको संज्ञा ।
सातौँ : आफ्नो पार्टी समाजवादी कार्यदिशा अंगाल्ने तर एमाले यो नमान्ने पार्टी भएको ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया