एसिया कप खेल्न जान लागेको नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।
प्रतियोगितामा भाग लिन जान लागेको टोलीलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएर उनले शुभकामना दिएका हुन् ।
राष्ट्रपति पौडेलले उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न टीमले गरेको अहोरात्रको मेहनेत र परिश्रमको सफलताका लागि कामना गरे ।
उनले अन्तराष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिने उल्लेख गरे ।
‘यसप्रकारका अन्तराष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तराष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिनेछ, राष्ट्रपति पौडेलले भने ।
त्यसक्रममा उनले नेपालमा बढ्दो क्रिकेटप्रतिको आकषर्ण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले सबैलाई उत्साहित बनाएको पनि बताए ।
यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगतका लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तिव्रता दिनुपर्नेमा जोड दिए ।
विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टीमका लागि थप उत्साहको विषय भएको उनको भनाई थियो । भदौ १३ गतेदेखि पाकिस्तानमा एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया