NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेपालको राजनीतिक प्रतिवेदन: पार्टी पङ्क्तिमा निराशा, निष्क्रियता जस्ता कमजोरी देखिए (पुर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी चाहे जसरी अगाडि बढ्न नसकेको बताएका छन् ।

आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायनता जस्ता कमजोरी देखिएका बताएका छन् ।

नेपालले प्रतिवेदनमा लेखेका छन्, ‘सबभन्दा प्रमुख कारण पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य हो । त्यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसकेका छन् । यदि कसैबाट अझै पनि त्यस प्रकारको दुष्कर्म भइरहेको छ भने तुरुन्तै रोकिनु पर्दछ ।’

एमालेबाट विद्रोह गरेको दुई वर्ष भएको भन्दै अध्यक्ष नेपालले पार्टी निर्माणको विशिष्ट अवस्थामा आइपुगेको बताएका छन् ।