NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

ओली नआएपछि सर्‍यो सर्वदलीय बैठक

काठमाडौं । आजका लागि बोलाइएको सर्वदलीय बैठक स्थगित भएको छ । बैठक सिंहदरबारमा बोलाइएको थियो ।

बैठकमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठ, एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, कांग्रेसका सभापति शेरबहादुर देउवा, रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, रास्वपाका रवि लामिछाने, सन्तोष परियार जसपाका प्रदीप यादव पुगेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य समस्या देखाउदै बैठकमा नआएपछि बैठक भोली बस्ने गरि सारिएको हो । सोमबार सत्ता र प्रतिपक्षी दलहरूले सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेका थिए ।

यसको कार्यादेश र संरचनासहितको मस्यौदा पनि तयार भइसकेको छ । मंगलबारको बैठकमा कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रूप दिने सहमति सोमबार जुटेको थियो ।

मंगलबार जाँचबुझ आयोग बनाएर सदन चलाउने भने पनि दलहरूबीच सहमति हुन नसकेपछि आजको प्रतिनिधिसभा बैठक भोलीका लागि सारिएको छ ।