एसिया कप क्रिकेट खेल्न सन्दीप टिमसँग नजाने

काठमाडौं । एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै मंगलबार लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो ।
टिमका व्यवस्थापक प्रदीप मजगयाले मुद्दाका कारण लामिछाने एसिया कप खेल्न टिमसँग नजाने बताए ।
एसिया कप क्रिकेट प्रतियोगिता यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुँदैछ ।
प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदै छ ।
प्रतिक्रिया