महालेखापरीक्षकका लागि १६ दाबेदारको रस्साकस्सी, कसले मार्ला बाजी ?
काठमाडौं । महालेखापरीक्षकका लागि आवेदन दिने म्याद सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार आइतबारको अन्तिम म्यादसम्म १६ जनाले महालेखापरीक्षकको लागि निवेदन दिएका छन् ।
सरकारले निवर्तमान महालेखापरीक्षक टंकमणि शर्मा दंगालको अवकाशसँगै रिक्त पदका लागि १५ दिने सूचना माग गरेको थियो ।
यो संवैधानिक नियुक्तीका लागि यतिबेला पूर्व सचिवदेखि बहालवाला सचिवको रस्साकस्सी चलिरहेको छ ।
६ वर्षका लागि कार्यकाल रहने यो पदमा दाबीका गर्नेहरूमा महालेखापरीक्षककै कार्यालयबाट महेश्वर काफ्ले, राममाया कुवँर, महालेखाका सचिव वामदेव शर्मा अधिकारी, सहसचिव चन्द्रकान्त भण्डारी बैकुण्ठ अधिकारी र अशोक कार्की रहेका छन् ।
त्यस्तै उक्त पदको दाबी गर्ने लाइनमा पूर्वसचिव तथा वहालवाला सचिवहरूमा गोपिनाथ मैनाली, शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया, रामशरण पुडाशैनी, हरि बस्याल, शंकर खरेल, तोयाम राया र बाबुराम गौतम छन् ।
चार्टर अकाउन्टेन्टको तर्फमा सुबोध कर्ण र हरि सिलवालको आवेदन परेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया