शिक्षक बढुवामा त्रुटि, ६ जिल्लाको नतिजा सच्याइयो
काठमाडौं । शिक्षक सेवा आयोगले गरेको शिक्षक बढुवामा त्रुटि भएको पाइएको छ । बढुवा न्याय संगत नरहेको पुष्टि भएपछि आयोगले ६ जिल्लाको नतिजा सच्याएको हो ।
आयोगले विभिन्न मितिमा गरेको प्राथमिक तह द्वितीय श्रेणीको नतिजापछि त्यसमा असन्तुष्टि जनाएर शिक्षकहरू पुनरावलोकनमा गएका थिए । पुनरावलोकनको निवेदनपछि ६ जिल्लाको नतिजा परिवर्तन गरिएको आयोगले जनाएको छ ।
नतिजा परिवर्तन गरिएका जिल्लाहरूमा कास्की, तनहुँ, गोरखा, लमजुङ, म्याग्दी र पर्वत छन् । त्यस्तै, बागलुङ र नवलपरासी बर्दघाट सुस्तापूर्वको नतिजा भने यथावत् राखिएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया