शिक्षक बढुवामा त्रुटि, ६ जिल्लाको नतिजा सच्याइयो
काठमाडौं । शिक्षक सेवा आयोगले गरेको शिक्षक बढुवामा त्रुटि भएको पाइएको छ । बढुवा न्याय संगत नरहेको पुष्टि भएपछि आयोगले ६ जिल्लाको नतिजा सच्याएको हो ।
आयोगले विभिन्न मितिमा गरेको प्राथमिक तह द्वितीय श्रेणीको नतिजापछि त्यसमा असन्तुष्टि जनाएर शिक्षकहरू पुनरावलोकनमा गएका थिए । पुनरावलोकनको निवेदनपछि ६ जिल्लाको नतिजा परिवर्तन गरिएको आयोगले जनाएको छ ।
नतिजा परिवर्तन गरिएका जिल्लाहरूमा कास्की, तनहुँ, गोरखा, लमजुङ, म्याग्दी र पर्वत छन् । त्यस्तै, बागलुङ र नवलपरासी बर्दघाट सुस्तापूर्वको नतिजा भने यथावत् राखिएको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया