NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रोनाल्डोका क्लब च्याम्पियन्स लिगमा छनोट

काठमाडौं । रोनाल्डो आबद्ध साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिगमा छनोट भएको छ ।

एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई पराजित गर्दै अल नासरले लिगमा स्थान सुरक्षित गरेको हो ।

गएराति सम्पन्न खेलको अन्तिम ९ मिनेटसम्म अल नासर पछाडि परेको थियो । तर एकाएक अल नासरले अप्रत्यासित पुनरागमन गर्दै नतिजा नै बदलिदियो ।

अल–नासरले ४–२ को रोमाञ्चक जित दर्ज गराउँदा एन्डरसन टालिस्काले दुई, सुल्तान अल–घनाम र मार्सेलो ब्रोजोभितले समान १/१ गोल गरे । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले भने यो खेलमा गोलको योगदान दिन सकेनन् ।

अन्तिममा स्तब्ध बनेको शबाब अल अहलीका लागि याह्या अल घासानीले दुई गोल गरे ।

योसँगै अल नासर तीन वर्षपछि एएफसी च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गर्न सफल भएको छ ।