कोशी सरकारविरुद्ध एमाले सर्वोच्च जाँदै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।
मुख्यमन्त्री उद्धव थापाले सदनमा विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तीको पनि मत लिएको भन्दै त्यसविरुद्ध अदालत जान लागेको हो ।
मुख्यमन्त्री थापाले गत सोमबार विश्वासको मत लिएका थिए । त्यस दिन सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरीले गरेका थिए । मन्सुरीले पनि थापालाई विश्वासको मत दिएका थिए ।
त्यसकारण सरकार असंवैधानिक भन्दै खारेज गर्न र ठूलो दलका हिसाबले एमालेको सरकार बनाउन माग गर्दै रिट दायर गर्न लागिएको एमालेले जनाएको छ ।
थापा साउन १६ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसअघि असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थापा सर्वोच्चको आदेशपछि पद मुक्त भएका थिए ।
पहिलो पटक मुख्यमन्त्री नियुक्त हुँदा उनले सभामुखको हस्ताक्षर प्रयोग गरेका थिए । त्यसविरुद्ध एमाले सर्वोच्च गएको थियो ।
आजै कोशी प्रदेशसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यसभन्दा पहिले कार्यव्यवस्था परामर्श समितिको बैठक ११ बजे बस्नेछ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया