NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

पहिलो महिला महालेखापरीक्षक बन्ने होडमा राममाया कुँवर

‘जिम्मेवारी पाए वित्तीय अनुशासन कायम गर्छु’

काठमाडौं । रिक्त रहेको महालेखापरीक्षकको स्थानमा १६ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । आवेदन दिने १६ मध्ये पहिलो पटक महिलाको दाबी परेको छ ।

१५ पुरुषको बीचमा महिलाको तर्फबाट एक्लै दाबेदारी दिएकी राममाया कुँवर महालेखाले ६५ वर्षको इतिहासमा पहिलो पटक महिला प्रमुख पाउने मौका पाएको बताउँछिन् । गत साउनमा उनी महालेखाबाटै सेवानिवृत्त भएकी हुन् । निवर्तमान महालेखापरीक्षक टंकमणि शर्मा दंगाल सेवाबाट हटेपछि उनले केही समय कार्यवाहकको रूपमा भूमिका निर्वाह गरिन् ।

करिब २० वर्षको जागिरे जीवन महालेखामै बिताएकी कुँवरले यसपटक महिला प्रमुख हुनैपर्ने अड्डी कसेकी छन् ।

दुई दशक लेखापरीक्षणमा गरेको कामलाई उनी अब नेतृत्वदायी भूमिकामा रहेर परिस्कृत रूपमा सार्थक तुल्याउन चाहेको बताउँछिन् ।नेपालको संविधानले महालेखापरीक्षक हुनका लागि तोकेको मापदण्ड सबै आफ्नो हकमा पूरा हुने उनको दाबी छ ।

‘६५ वर्षदेखिको इतिहासमा अहिलेसम्म महालेखापरीक्षकमा महिलाको उपस्थिति छैन । योभन्दा पनि म यो पदमा पुग्नका लागि संविधानले तोकेअनुसार सबै मापदण्ड मिलेको छ,’ नेपालवाचसँगको कुराकानीमा उनले भनिन्, ‘जीवनको ऊर्जाशील समय त्यहीँ खर्च भयो । धेरै अनुभव पनि प्राप्त भयो । अब महालेखा प्रमुखमा त्यहीँको मान्छेको आवश्यकता छ ।’

बिजनेस स्टडिज र सार्वजनिक प्रशासनमा स्नातकोत्तर उनी हाल बुद्धिजमसँग र लेखापरीक्षणको मूल्यमान्यतालाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा विद्यावारिधिसमेत गर्दैछिन् । महालेखापरीक्षकका लागि आफूलाई बलियो दाबेदारीको रूपमा प्रस्तुत गरेकी उनले जिम्मेवारी पाएको खण्डमा वित्तीय अनुशासन पालनामा आफूले महत्तवपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

ताजा अपडेट

नेपालवाच विशेष