NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमति, महरा जोडिएको सुन प्रकरणमा पनि आयोगले छानविन गर्ने

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करी प्रकरणको छानविनका लागि असोज ५ गते आयोग गठन गर्ने सहमती भएको छ ।

आज प्रधानमन्त्री कार्यलय, सिंहदरबारमा बसेका ७ दलको बैठकले २ बुँदे सहमती गरेका हुन् । यो सँगै साउन १० गतेबाट अवरुद्ध संसद पनि सुचारु हुने भएको छ । संसद बैठक आज ३ बजे बोलाइएको छ ।

दलहरुले गरेको सहमतीमा गठन भएको आयोगले माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको भेप सुन तस्करी प्रकरणमा पनि छानबिन गर्ने छ ।

सहमती पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादीका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रि स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले हस्ताक्षर गरेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही, जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादव र जनमत पार्टी प्रमुख सचेतक अब्दुल खानले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमती पत्र

१. मिति २०८० साल श्रावण २ गते विदेशबाट अवैध ढंगले पैठारी ९तस्करी० गरिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लगिरहेको अवस्थामा राजश्व अनुसन्धान विभागबाट पक्राउ परेको थियो। उक्त विषय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान, छानबिन गरिरहेको सर्वविदित्तै छ। केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्नेछ ।

२. विदेशबाट इलेक्ट्रिक सिगरेट (Vapes) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक(सुमा राखी अवैध पैठारी ९तस्करी० गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धान बारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०र०६र०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ ।