NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

लालपुर्जा बनाउन पनि घुस लिने सिराहाका अमिन अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहास्थित नापी कार्यालयमा कार्यरत अमिन दिपरन्जन यादवलाई घुससहित पक्राउ गरेको छ ।

यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा बर्दिबासस्थित आयोगको कार्यालयबाट खटिएका टोलिले अनुसन्धान गर्दा उनी दश हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

उनलाई आयोगको टोलीले नापी कार्यालय लहानबाटै आज नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता भोला दाहालले बताए ।