महिला टी–२० सिरिज : कुवेतलाई ३४ रनले हराउदै नेपालको दोस्रो जित

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत कुवेतलाई पनि पराजित गर्दै नेपालले दोस्रो जित निकालेको छ ।
मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले हराएको हो ।
यसअघि पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको थियो ।
जितका लागि नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनाएको हो ।
कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ११ तथा खादिजा खलीलले १० रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको जितमा इन्दु बर्माले सर्वाधिक ३, खुसी डङ्गोलले २ र कविता कुँवर, सिता राना मगर, ईश्वरी बिष्टले १÷१ विकेट लिए ।
टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनायो । नेपालका लागि र इन्दु बर्माले सर्वाधिक २३, बिन्दु रावलले २० र काजोल श्रेष्ठले अविजित १९ रन बनाएकी थिइन् ।
प्रतिक्रिया