एमाले र राप्रपाद्वारा कोशी प्रदेश सभाको बैठक बहिष्कार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशसभाको बैठक बहिष्कार गरेका छन् ।
उनिहरुले सभाको अध्यक्षता गरेका व्यक्तीले गैरसंवैधानिक कदम चालेको भन्दै आजको बैठक बहिष्कार गरेको घोषणा गरेका हुन् । सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरीले गरेका छन् ।
उनले आइबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा मतदान गरेका थिए । उक्त दिन पनि मन्सुरीले नै सभाको अध्यक्षता गरेका थिए ।
आजको बैठक शुरु हुनासाथ राप्रपाका सांसद गठेका थिए । त्यसक्रमा राप्रपाले बैठक बहिष्कार गरेको घोषणा गरेको थियो । लगत्तै एमालेले पनि बैठक बहिष्कार गरेको घोषणा गरेको हो ।
राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले अमर्यादित ढंगलबाट विश्वासको मत लिने काम भएको र संसदीय इतिहासमा कहिल्यै नभएको घटना भन्दै बहिष्कार गरेको बताए ।
सभाहलबाट निस्कनेक्रममा उनिहरुले असंवैधानिक कदम मुर्दावाद भन्दै नारा लगाएका थिए ।
एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बहिष्कार गरेपछि मन्सुरीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया