कीर्तिपुरमा चितुवाको आक्रमणबाट एक घाइते, खोरमा थुनिएको चितुवाको उद्धार गरिँदै

काठमाडौं । कीर्तिपुरको थापागाउँमा गएराति चितुवाको आक्रमणमा परी एक जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
कुखुरा पालन गरेको ठाउँमा सुतेका व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको हो । थानकोट प्रहरीका अनुसार गएराति एक बजेतिर खोरभित्र सुतिरहेका व्यक्तिलाई चितुवाले आक्रमण गरेको थियो ।
प्रतिरक्षा गर्दा चितुवा पनि घाइते भएको छ । घाइते चितुवा कुखुराको खोरमा थुनिएको कीर्तिपुर नगरपालिका वडानम्बर ४ का अध्यक्ष दिनेशचन्द्र दाहालले बताए ।
चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ जाँदै छ । वन अधिकृत अशोक पराजुलीले डार्टसहितको टोली कीर्तिपुर तर्फ लागिसकेको जानकारी दिए ।
ताजा अपडेट
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
प्रतिक्रिया