कोशीको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा
काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारविरुद्ध दायर गरेको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ ।
उक्त रिट निवेदनको सुनुवाइका लागि बिहीबारको पेसी तोकिएको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत सम्बन्धी प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
रिट निवेदक कार्कीले मुख्यमन्त्रीले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबी गर्दै उत्प्रेषणको आदेशमार्फत बदरको माग गरेका छन् ।
कार्कीले संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएका कारण सोहि धाराको उपधारा ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेश दिन माग गरेका छन् ।
कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, ४ भदौका सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर रिट दर्ता गरेका थिए ।
मुख्यमन्त्री थापाले गत सोमबार विश्वासको मत लिएका थिए । त्यस दिन सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरीले गरेका थिए । मन्सुरीले पनि थापालाई विश्वासको मत दिएका थिए ।
त्यस्तै सोही दिन अध्यक्षता गरकी अध्यक्ष मण्डलकी सदस्य तिम्सिनाले पनि मत दिएकी थिइन् । थापा साउन १६ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।
त्यसअघि असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थापा सर्वोच्चको आदेशपछि पद मुक्त भएका थिए । पहिलो पटक मुख्यमन्त्री नियुक्त हुँदा उनले सभामुखको हस्ताक्षर प्रयोग गरेका थिए । त्यसविरुद्ध एमाले सर्वोच्च गएको थियो ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया