कांग्रेसले २ दिन पार्टीको झण्डा आधा झुकाउने, शुक्रबार कार्यलय बन्द
काठमाडौं । नेपाली कांग्रेसले नेता राजाराम कार्कीको निधनमा आज र भोली पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा तरुण दलका पूर्वमहासचिव ६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो ।
उनको निधनपछि केन्द्रीय समितिको आकस्मिक बसेको बैठकले २ दिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको हो ।
बैठकले कार्कीको निधनमा शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
कार्कीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया