बालबालिकामा राज्यले लगानी गर्नुपर्छ : मन्त्री आचार्य
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले बालबालिकामा लगानी गरे मात्रै भविष्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति बनाउन सकिने बताएका छन् ।
किर्तिपूर नगरपालिकाको वडा नम्बर ७ लाई काठमाडौंको पहिलो बालमैत्री शासनयुक्त वडा घोषणा कार्यक्रममा उनले बर्तमानमा बालबालिकामा लगानी गरेर भविश्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादनका लागि सरकारले राष्ट्रिय बाल नीति बनाउन लागेको बताए ।
उनले राष्ट्रिय बाल नीति अहिले मन्त्रीपरिषदको सामाजिक समितिमा रहेको बताउदै छिट्टै संसदबाट पास गराउने तयारी भइरहेको बताए ।
उनले बालबालिका देशका भविश्य भएकाले बालमैत्री शासनयुक्त स्थानीय तह बनाउने काम अत्यन्तै सह्रानिय रहेको भन्दै प्रशंसा गरे ।
मन्त्री आचार्यले भने–‘किर्तिपूरमा नै रहेको त्रिभुवन विश्वविद्यालयले जसरी राष्ट्रका लागि जनशक्ति उत्पादन गरेको छ । त्यसैगरि आज यो ऐतिहासिक नगरि किर्तिपूरले बालमैत्री स्थानीय शासन सुरुवात गरेर भविश्यम राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादन गर्ने काममा एउटा इटा थपेको मैले महसुश गरेको छु ।’
मन्त्री आचार्यले शिक्षा स्वास्थ्य तथा खेलकुद क्षेत्रलाई बालमैत्री बनाउन आवश्यक रहेको बताउदै यी सवै विषय राष्ट्रिय बालनीति आएपछि संभव हुने बताए ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया