आपसी सद्भाव र एकता कायम गर्न हर्क साम्पाङको अपिल
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव भाइचारा र एकता कायम गर्नका लागि नगरवासीहरुमा अपिल गरेका छन् ।
उनले शुक्रबार एक अपिल प्रकाशित गर्दै कुनै पनि प्रकारको समाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध गरेका छन् ।
उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको बताएका छन् ।
बहुजातीय, बहुधार्मिक सांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य भएको उनले उल्लेख गरेका छन् ।
उनले नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरुमा अपिल गरेका छन् ।

ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया