भ्रष्टाचार, तस्करी र कमीसनखोरमा संलग्नहरु आतंकित भएका छन: गृहमन्त्री
काठमाडौं । गृहमन्त्री नारायाणकाजी श्रेष्ठले सरकारका कामलाई असफल बनाउने तत्वहरु सक्रिय भएको बताएका छन् ।
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, तस्करीको अन्त्य नगरी समृद्धिको सपना पूरा नहुने बताए । उनले त्यसकारण नै सुशासनको अभियान चलाएको बताए ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्रालयले थालेको कामलाई असफल बनाउनको लागि आक्रमण गर्न केहि खनिएका बताए ।
उनले भ्रष्टाचार, तस्करी र कमीसनखोरीमा संलग्नभएकाहरु आतंकित भएका पनि बताए । श्रेष्ठले केही राजनीतिक शक्तिहरू लोकतन्त्र सिद्ध्याउन लागिरहेको बताए ।
‘हामीले लिएर आएको लोकतन्त्रलाई सिद्ध्याउनका लागि केही राजनीतिक शक्तिहरू लागेका छन् । यो देशका विरुद्ध, जनताका विरुद्ध र संविधानका विरुद्ध छ,’ उनले भने ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया