ओलीकै कारण एमाले झनै संकटग्रस्त बन्दै गयो: धनश्याम भुसाल
काठमाडौं । नेकपा एकिकृत समाजवादीका महासचिव धनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीकै कारण वाम आन्दोलनको सबै सम्भावना टुटेको बताका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले नेपाली वाम आन्दोलनमा पसेको ओली प्रवृत्तिका कारणले सम्भावना टुटेको बताए ।
उनले ओलीकै कारण एमाले झनै संकटग्रस्त बन्दै गएको उल्लेख गरे ।
भुसालले भने, ‘ओलीजीका कारणले नेकपा एमाले झनै संकटग्रस्त बन्दैछ । संकटग्रस्तलाई पार्टीभित्र बस्न अझ बढी ओलीको भक्ति चाहिन्छ ।’
भुसालले ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा सुरु भएको पनि टिप्पणी गरे ।
‘राजनीतिमा जब हाम्रो ओली कमरेडको उदय सुरु भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको, भर्त्सनाको गालीको यो एउटा परम्परा, संस्कृति हुँदै गयो,’ भुसालले भने ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया