ओलीकै कारण एमाले झनै संकटग्रस्त बन्दै गयो: धनश्याम भुसाल
काठमाडौं । नेकपा एकिकृत समाजवादीका महासचिव धनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीकै कारण वाम आन्दोलनको सबै सम्भावना टुटेको बताका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले नेपाली वाम आन्दोलनमा पसेको ओली प्रवृत्तिका कारणले सम्भावना टुटेको बताए ।
उनले ओलीकै कारण एमाले झनै संकटग्रस्त बन्दै गएको उल्लेख गरे ।
भुसालले भने, ‘ओलीजीका कारणले नेकपा एमाले झनै संकटग्रस्त बन्दैछ । संकटग्रस्तलाई पार्टीभित्र बस्न अझ बढी ओलीको भक्ति चाहिन्छ ।’
भुसालले ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा सुरु भएको पनि टिप्पणी गरे ।
‘राजनीतिमा जब हाम्रो ओली कमरेडको उदय सुरु भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको, भर्त्सनाको गालीको यो एउटा परम्परा, संस्कृति हुँदै गयो,’ भुसालले भने ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया