लोक सेवाको परामर्शपछि मन्त्रालयले बर्खास्त गर्यो अधिकृत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक अधिकृत बर्खास्त गरेको छ । अदालतबाट कसुरदार ठहरिएका एक अधिकृतलाई मन्त्रालयले लोक सेवा आयोगको परामर्शमा बर्खास्त गरेको हो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित फुल्पिङकट्टी स्वास्थ्य चौकीका छैटौं तहका जनस्वास्थ्य निरीक्षक चन्द्रेश्वर मण्डल फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएकाले सेवाबाट बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।
अदालतको आदेश आएपछि यसअघि मन्त्रालयले मण्डलमाथिको कारबाहीसम्बन्धमा लोक सेवा आयोगसँग परामर्श मागेको थियो । आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाले बर्खास्त गर्न सुझाव दिएपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (२) को दण्ड (क) बमोजिम नैतिक पतन देखिने फैजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएकाले सोही ऐनबमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया