चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नौ जनाको दाबी, कसको होला पल्लाभारी ?
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नौ जनाको दरखास्त स्वीकृत भएको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले साउन २६ मा आवेदन माग गरेकोमा ९ जनाको आवेदन स्वीकृत भएको हो ।
आवेदन स्वीकृत हुनेहरूमा प्रा.डा. संगीता सिंह भण्डारी, प्रा.डा. सुमनकुमार श्रेष्ठ, डा. प्रवीण मिश्र, प्रा.डा. पियूष दाहाल, डा. विधान निधि पौडेल र प्रा.डा. श्रीकृष्ण गिरी छन् । त्यसैगरी, डा. प्रमोदकुमार यादव, डा. अञ्जलीकुमार झा र प्रा.डा. मनेनप्रसाद गोर्खालीको पनि दरखास्त स्वीकृत भएको सिफारस समितिले जनाएको छ । योग्यता अपुग भएकाले डा. वीरेन्द्रप्रसाद यादवको आवेदन भने रद्द गरिएको छ ।
निर्धारित समयमा परेका आवेदनमध्ये ९ जना राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २४ अनुसार योग्यता पुगेकाको आवेदन स्वीकृत गरेको समितिले अब यिनैमध्येबाट उपाध्यक्ष चयन गर्नेछ ।
आयोग चिकित्सा शिक्षाको नियमनकारी निकाय हो । मेडिकल कलेजहरूको अनुमतिदेखि नियमनसम्मको काम आयोगले गर्दै आएको छ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया