NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

मौसम : वर्षासँगै हावाहुरीको सम्भावना

काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै आज मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकोले कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लगातार हुने वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले सम्भावित क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।