समाजवादी मोर्चा एउटै पार्टी बन्ने सम्भावना छ : देवेन्द्र पौडेल
कास्की । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले समाजवादी मोर्चामा रहेका दलबीच एकीकरण भएर एउटै पार्टी बन्ने सम्भावना रहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) पोखरा महानगर समितिको दोस्रो विस्तारित बैठकको शनिबार उद्घाटन गर्दै उनले समाजवादी मोर्चा वर्तमान संसद्को अङ्कगणितका लागि मात्र नभएको स्पष्ट पारे ।
नेता पौडेलले विचार मिल्नेसँग सुरुआतमा मोर्चा बनाउने र पछि पार्टी एकीकरण गर्ने नीति माओवादीले लिएको बताए ।
उनले भने, “विपक्षीले समाजवादी मोर्चालाई संसद्को अङ्कगणितसँग मात्र जोडेर प्रचार गरेका छन् । मोर्चा संसद्को अङ्कगणित जोगाउन होइन । विचार मिल्नेसँग मोर्चा बनाउने, मिल्यो भने पार्टी एकीकरण गर्ने नीति हाम्रो हो । सोही नीतिअनुसार अहिले मोर्चा बनेको छ, भोलि मोर्चामा आबद्ध दलहरूबीच एकीकरण भएर एउटै पार्टी बन्न पनि सक्छ ।”
इन्चार्ज पौडेलले आगामी भदौ १६ गतेदेखि देशभर सुरु हुने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’लाई प्रभावकारी बनाउने गरी खटिन नेता– कार्यकर्तालाई निर्देशन दिए । पार्टीले तोकेको वडा र प्रत्येक घरमा पुगेर वर्तमान सरकारले सुशासन र समृद्धिका लागि गरेका काम जनतालाई बुझाउँदै जनताबाट सुझाव लिन उनले आग्रह गरे ।
रुपान्तरण अभियानका लागि पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीलाई पालिकामा र प्रदेश सदस्यलाई वडामा जिम्मेवारी दिएर खटाइएको नेता पौडेलले जानकारी दिए । उनले भने, “पार्टी पुनःनिर्माणको सङ्कल्प गरेर जनतामा जाने निर्णय गरेका छौँ । अभियानका क्रममा हामी प्रदेशका सबै वडा–वडामा जान्छौँ । केन्द्रीय समितिका सदस्य र प्रदेशका पदाधिकारी पालिकामा, प्रदेशका सदस्य वडामा जाने र अभियानको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकेका छौँ । अभियानले पार्टीलाई नयाँ उचाइमा लैजाने विश्वास लिएका छौँ ।”
माओवादी केन्द्रलाई देशको प्रमुख पार्टी बनाउने आशा र विश्वासका साथ लाग्न उनले विशेष आग्रह गरे ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया