भारतीय रिले टोलीले रच्यो इतिहास
काठमाडौं । भारतको पुरुष ४X४०० रिले टोली एसियाली कीर्तिमान तोड्दै पहिलो पटक विश्व च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
भारतीय टोलीले २ मिनेट ५९.०५ सेकेण्डमा दौड पूरा गरेको हो ।
योसँगै भारतीय टोली पहिलो पटक विश्व एथलेटिक्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
भारतीय टोलीमा मोहम्मद अनास याहिया, अमोज याकूब, मोहम्मद अजमल वरियाथोडी र राजेश रमेश थिए।
पहिलो हिट नम्बर १ मा भारत अमेरिकाभन्दा मात्र पछि रह्यो । अमेरिकी टोलीले यो दौड २ मिनेट ५८.४७ सेकेन्डमा पूरा गर्यो ।
अब टोलीले आगामी आइतबार फाइनल खेल्नेछ ।
यो सानदार जितसँगै भारतले कुनै पनि एसियाली टोलीको उत्कृष्ट समयको कीर्तिमान पनि तोडेको छ ।
यसअघि २ मिनेट ५९.५१ सेकेण्डमा दौड पूरा गरेर जापानले यो कीर्तिमान बनाएको थियो ।
जापानसँगै भारतीय टोलीले सन् २०२१ मा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमान पनि तोडेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया