जसपाको भागमा परेको समितिको सभापतिमा राजकिशोर उम्मेदवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो भागमा परेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवलाई उम्मेदवार बनाउने भएको छ ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाको भागमा परेको छ ।
संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ ।
प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डा गर्दा रास्वपा र राप्रपालाई निषेध गरिएको छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया