NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बालुवाटार प्रकरणः बहालवाला सचिव र सहसचिवविरुद्ध पनि मुद्दा दर्ता

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्यमाथि मुद्दा दायर गरेको छ ।

उनीहरूविरुद्ध ललिला निवास परिसरको सरकारी जग्गा किर्ते अभियोगमा मुद्दा दायर भएको हो ।

सचिव राउतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गर्नु नपर्ने राय दिएको थियो । वैद्यलाई भने मुद्दा दायरको सिफारिस गरिएको थियो ।

सचिव राउतले ०६६ सालमा उक्त जग्गाको सट्टभर्ना टिप्पणी उठाएका थिए । सो क्रममा गरेको दस्तखतका कारण उनालाई मुद्दा दायर गर्ने निधो भएको सरकारी वकिल महेश प्रसाद खत्रीले बताए ।

त्यस्तै सहसचिव वैद्यले डिल्लीबजारस्थित मालपोत कार्यायमा हुँदा नक्कली कागज बनाउने काममा संलग्न रहेको आरोप छ । जग्गा किर्ते प्रकरणमा उनको नाम जोडिएसँगै दाङका प्रमुख जिल्ला अधिकारी रहेका उनलाई गृह मन्त्रालयमा तानिएको थियो ।