NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

मकवानपुरमा चलचित्र महोत्सव हुँदै

मनहरी । मकवानपुरको थाहा नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि चलचित्र महोत्सव गरिने भएको छ । आगामी मङ्सिर ९ देखि १५ गतेसम्म आयोजना गरिने एकहप्ते महोत्सवमा  नेपालका चर्चित कलाकार, निर्माता र निर्देशकको सहभागिता रहने महोत्सवका कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले बताए ।

थाहा कला केन्द्रको आयोजना तथा थाहा नगरपालिकाको समन्वय सहयोगमा आयोजना हुने महोत्सवमा सन्देशमूलक चलचित्र प्रदर्शन तथा नगरपालिका भित्रका पर्यटन क्षेत्रबारे जानकारी गराउने उद्देश्य रहेको नगरप्रमुख प्रमुख विष्णुबहादुर विष्टले जानकारी दिए।

कार्यक्रममा नगरको पर्यटन प्रवद्र्धन हुने खालका तस्वीर कार्यक्रम स्थलमा राखी अवलोकन गराउने र नगरका पर्यटनस्थलका बारेमा छलफल तथा अन्तक्र्रिया गरी नगरलाई चलचित्रको छाँयांकन केन्द्र बनाउने मुख्य उद्देश्य रहेको केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले बताए ।

महोत्सवका लागि ३० लाख खर्च लाग्ने अनुमान गरिएको उनको भनाइ थियो  ।  यस महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नाका साथै नेपाली चलचित्र क्षेत्रलाई छाँयाङ्कनको केन्द्र बनाउने उद्देश्यले नगरपालिकाले सहयोग गरेकोे नगरप्रमुख विष्टले बताए ।

यस नगरपालिकाका मार्खु, दामन, सिमभञ्ज्याङ, भेडाफार्म, चित्लाङ, बज्रबाराही, कुलेखानी, आग्राको उनिउँचौरलगायत धार्मिक क्षेत्रमा नेपाली तथा भोजपुरी चलचित्र र म्युजिक भिडियो छाँयाङ्कनका लागि आकर्षण बढ्दै आएको छ ।