दुई वटा समितिमा एमालेको उम्मेदवारी, कुनमा कसले गराए दर्ता ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट २ वटा संसदीय समितिमा उम्मेदवारी दर्ता भएको छ ।
यसअघि सत्ता गठबन्धनसँगको सहमतीमा एमालले ३ वटा संसदीय समितिको नेतृत्व पाउने टुंगो लागेको थियो । तर एमालेले अहिलेसम्म २ वटा समितिमा उम्मेदवारी दर्ता गराएको हो ।
एमालेले यसअघि सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको नेतृत्व पाउने सहमती भएको थियो ।
लेखा समितिमा ऋषिकेश पोखरेल र महिला समितिमा किरण शाहले उम्मेदवारी दर्ता गराएका छन् ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा कसलाई पठाउने भन्ने विषयमा एमालेले छलफल भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया