NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

चिनियाँदेखि शारदा अधिकारीसम्मका १४ निर्माण कम्पनीलाई स्पष्टीकरण

काठमाडौं । एक चिनियाँसहित १४ निर्माण कम्पनीसँग सरकारले स्पष्टीकरण सोधेको छ । कबुलअनुसारको काम नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ दिनको समय दिएर आपूर्ति र निर्माण कम्पनीसँग स्पष्टीकरण सोधेको हो ।

विभिन्न सरकारी निकायले कालोसूचीमा राख्न लेखी पठाएपछि लिखित स्पष्टीकरणका लागि ३० दिनको समय दिइएकोमा सम्पर्कमा नआएपछि सात दिनको समय दिइएको कार्यालयले जनाएको छ ।

लिखित स्पष्टीकरण सोधिएकाहरूमा चिनियाँ कम्पनी आफबोन वाटर सर्भिस, श्री वैष्णवी एण्ड लोकेन्दै सप्लायर्सदेखि शारदा अधिकारीको निर्माण कम्पनीसम्म छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष