आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै
गण्डकी । कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ ।
गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुमार कासुलाले जानकारी दिए ।
जिल्लामा पछिल्ला तीन वर्षमध्ये आव २०७७/७८, २०७८/७९ र २०७९/८० मा क्रमश ः १६ हजार ८१, २१ हजार २५४ र २८ हजार नौ सय ४४ बिरामीले बहिरङ्ग सेवाअन्तर्गत आयुर्वेदिक उपचार सेवा लिएका छन् ।
यस उपचार सेवाका अतिरिक्त मातृशिशु सुरक्षार्थ पोषण, ज्येष्ठ नागरिक आरोग्य सेवा, विद्यालय आयुर्वेद तथा योग शिक्षा, पञ्चकर्मरपूर्वकर्म, क्षारसुत्र सेवा, प्रयोगशाला सेवा आदिका माध्यमबाट सेवा प्रदान गरिएको उनले बताए ।
अन्य उपचारभन्दा कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो । विशेषगरी ग्याष्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघा, खोकी ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको उनको भनाइ थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया