NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

सञ्चारकर्मी योगीको तीज गीतमा अञ्जली र करिस्माले लगाए ठुम्का

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ ।

योगीको शब्द रहेको यो गीतमा लोकप्रिय गायिका अन्नु चौधरीको स्वर रहेको छ ।

गीतमा संगीत संयोजन पुस्कर सुनुवारको रहेको छ । गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी, करिस्मा ढकाल र कृष्णाकुमारी महतले नृत्य गरेका छन् ।

भिडियोलाई प्रशान्त मगरले निर्देशन गरेका छन् ।