NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सन्दीपले भने- जीवनको कठिन समय भएपनि आफूले सकेको अभ्यास गरेको छु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले एसिया कपका लागि आफूले सक्दो अभ्यास गरेको बताएका छन् ।

एसिया कप खेल्न पाकिस्तान प्रस्थान गर्नुअघि विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले एसिया कप खेल्नका लागि तयार रहेको बताए ।

उनले खेलमा नेपाली टिमले राम्रो पर्दशन गर्ने विश्वास पनि व्यक्त गरे । सन्दीपले आफु जीवनको कठिन समय भएको पनि बताए ।

उनले नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउँनु खुसीको एउटा पर्व जस्तै भएको पनि बताए । सन्दीपले नेपालले सधैं यस्तो टिमहरुसँग खेल्न नपाउँने र आगामी दिनमा कसरी निरन्तर खेल्ने वातावरण बनाउने भन्नेतर्फ सोच्नुपर्ने बताए ।

एसिया कप खेल्न नेपाली टोली गत मंगरबार नै पाकिस्तान गइसकेको छ । सन्दीप आफ्नो मुद्दाका कारण त्यसदिन टीमसँग जान पाएका थिएनन् । काठमाडौं जिल्ला अदालतमा उनको मुद्दाको पेशी हिजो (आइतबार)का लागि तोकिएको थियो ।

मुद्धामा हिजो सुनुवाइ भएन् । उनको मुद्दाको पेशी भदौ २१ गतेसम्मलाई सरेपछि आज पाकिस्तान गएका हुन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए ।