आरनमा काम गर्ने सिल्पकारलाई बोलाए धरानका मेयरले
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आरनमा काम गर्ने शिल्पकारहरूलाई छलफलका लागि बोलाएका छन् ।
मंगलबार दिउँसो २ बजे छलफल गर्नेगरी राईले उनीहरूलाई आफ्नो कार्यालयमा बोलाएका हुन् ।
राईले सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै आरानमा काम गर्ने सिल्पकारहरूको समस्याबारे छलफल गर्न उनीहरूलाई बोलाएको जनाएका छन् । उनीहरूले कुनै समस्या झेलेको भए त्यसको समाधान खोजिने उनको भनाइ छ ।
‘आज २०८०–५–१२ गते २ बजे आरनमा काम गर्ने सिल्पकारहरु नगरपालिका आउनु होला । तपाईंहरूका समस्याबारे छलफल गरौं । सहयोग समाधानको उपाय खोजौं,’ राईले सामाजिक सञ्जालमा लेखेका छन् ।
श्रम अभियानका कारण चर्चामा रहेका राई सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई दिने प्रतिक्रियाका कारण पछिल्लो समय विवादमा तानिँदै गएका छन् । खासगरी धर्म र सम्प्रदायबारे उनले दिइरहेका अभिव्यक्तिको आलोचना भइरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया