कोशीमा गठबन्धनलाई सघाउने सहमति भएको छैन: लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सहमती नभएको बताएका छन् ।
उनले राप्रपाले मुख्यमन्त्री नै अस्विकार गरिसकेको अवस्थामा सभामुख र एक मन्त्री लिएर सत्ता गठबन्धनमा सामेल हुने कुरामा सहमती नभएको बताए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सभामुख फालाफाल भएको पनि बताए ।
यस्तै प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिको सभापति लिएर गठबन्धनलाई सघाएको भन्ने कुरा पनि उनले अस्विकार गरे ।
प्रतिनिधिसभा अन्तर्गतका पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाले पाएको छ । सत्ता गठबन्धन र एमालेबीच भएको भागबण्डामा यो समिति माओवादीको भागमा परेको थियो ।
माओवादीका माधव सापकोटा सभापतिका उम्मेदवार थिए । तर पछि राप्रपाका दीपक सिंह सभापति बने । सापकोटाले कोशीमा गठबन्धन सरकारलाई राप्रपाले समर्थन गर्ने गरी सभापति दिने प्रस्ताव गरेको बताएका थिए ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया