NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कोशीमा गठबन्धनलाई सघाउने सहमति भएको छैन: लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सहमती नभएको बताएका छन् ।

उनले राप्रपाले मुख्यमन्त्री नै अस्विकार गरिसकेको अवस्थामा सभामुख र एक मन्त्री लिएर सत्ता गठबन्धनमा सामेल हुने कुरामा सहमती नभएको बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सभामुख फालाफाल भएको पनि बताए ।

यस्तै प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिको सभापति लिएर गठबन्धनलाई सघाएको भन्ने कुरा पनि उनले अस्विकार गरे ।

प्रतिनिधिसभा अन्तर्गतका पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाले पाएको छ । सत्ता गठबन्धन र एमालेबीच भएको भागबण्डामा यो समिति माओवादीको भागमा परेको थियो ।

माओवादीका माधव सापकोटा सभापतिका उम्मेदवार थिए । तर पछि राप्रपाका दीपक सिंह सभापति बने । सापकोटाले कोशीमा गठबन्धन सरकारलाई राप्रपाले समर्थन गर्ने गरी सभापति दिने प्रस्ताव गरेको बताएका थिए ।