ठेक्का सम्झौता भैसकेपछि नदीजन्य पदार्थमा राजस्व छुट दिने मेयरसहित १० विरूद्ध मुद्दा
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्रबहादुर विष्ट र तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १० जना विरूद्ध मुद्दा दायर गरेको छ ।
उनीहरूले आर्थिक वर्ष २०७६/०७७ मा महाकली नदीको ढुंगा, गिट्टी, बालुवा, ग्राभेल र माटोको रोयल्टीमा भ्रष्टाचार गरेको आरोपसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
मेयर विष्टको अध्यक्षतामा बसेको नगरसभाको बैठकले नदीजन्य पदार्थमा राजस्व छुट दिने निर्णय भएको पाइएको छ ।
जब कि ठेक्का सम्झौतापछि नगरकार्यपालिकाको कार्यालयलाई बुझाउनुपर्ने ठेक्का रकममा कुनै पनि किसिमको छुट वा मिनाहाको लागि दाबी गर्न पाइदैन ।
योसँगै सम्झौता भइसकेको ठेक्कामा कुनै पनि अवस्थामा छुट दिन नपाइने व्यवस्था छ ।
तर यो व्यवस्थालाई लत्याएर मेयर विष्टले नगरसभाबाट गठित कार्यदलको सिफारिसमा एक करोड ३४ लाख ९७ हजार ४५६ रुपैयाँ छुट दिने निर्णय गर्यो ।
ठेक्का सम्झौतामै तोकिएअनुसार राजस्व नउठाएर एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ राजस्व चुहावट गरेको आयोगको निष्कर्ष छ ।
उनीहरूलाई सोही रकम बिगो कायम गरी चुहावट भएको राजस्वको दोब्बर जरिवानाको मागसहित आज भ्रष्टाचार मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया