गगनको चेतावनी- सरकारले हामीलाई हेप्यो, यसपटक देखाउनुपर्ने छ
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार संसद् र सांसदलाई हेपेर विधेयक ल्याएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले यस्तो भनेका हुन् ।
थापाले उक्त विद्येयकको चर्को विरोध गरे । गणतन्त्र आएपछि एकै पटक धेरै कानुन संशोधन गर्न थालिएको र २०७४ पछिको सरकारले यसको दुरुपयोग गरेको भन्दै थापाले अहिले पनि सरकारले संसदलाई हेपेको बताए ।
‘यसरी विधेयक ल्याउनु भनेको हिजो पनि संसद्लाई हेपेको हो, आजपनि संसद्लाई हेपेको हो । किनकि संसदीय व्यवस्थामा सरकारलाई के लाग्छ भने मसँग बहुमत छ, मैले जे ल्याएपनि पारित हुन्छ भन्ने लाग्छ,’ थापाले भने, ‘यो हामीलाई हेपेको हो । हामी हेपिने कि नहेपिने यसपटक देखाउनुपर्ने छ ।’
त्यसक्रमा उनले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नेपाली कांग्रेसलाई स्वीकार्य नभएको समेत बताए । उनले यो विधेयकको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रह पनि गरे ।
‘नेपाली कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु, राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण को व्यवस्था हामीलाई स्वीकार्य छैन,’ थापाले भने, ‘माननीय कानूनमन्त्रीलाई मेरो आग्रह पनि छ, २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोक्नुस् । यसलाई बिसाउनुस् । यसलाई हटाउनुस् ।’
महामन्त्री थापाले आफूसँग बहुमत छ र सांसदहरु थपडी बजाउन आएका हुन् भन्ने नसोच्न प्रधानमन्त्रीलाई आग्रह गरे । उनले प्रधानमन्त्रीलाई अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुन पनि चेतावनी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया