यस कारण अम्बासमा एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज सिरहामा बस्ने भएको छ । एमालेले चौथो राष्ट्रिय महाधिवेशन आयोजना गरेको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राख्न लागेको हो। विष्णुपुरकट्टीको सर्रे अम्बासमा बिहान ११ बजे बैठक बस्ने तय भएको हो ।
आजको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति पनि निर्धारण गर्नेछ । सचिवालयको संक्षिप्त बैठक बस्ने र हिरक स्तम्भवको शिलान्यास गर्ने कार्यसूची रहेको सचिव योगेश भट्टराईले जानकारी दिए।
सचिवालय बैठकका लागि एमालेका पदाधिकारी, लेखा, अनुशासन र निर्वाचन आयोग प्रमुखहरू सिराहा पुगिसकेका छन्।
अम्बासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो । त्यही ऐतिहासिक चौथो महाधिवेशनको सम्झनामा एमालेले सो स्थानमा बैठक आयोजना गरेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया