NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एमाले नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर अवतरण हुन नसकेपछि काठमाडौं फर्कियो

काठमाडौं । नेकपा (एमाले) का नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको छ।

सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायत बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए ।

उपाध्यक्ष नेम्वाङका अनुसार अवतरण हुनुभन्दा केही समय अगाडि विमानमा प्राविधिक खराबी आएको परिचारिकाले जानकारी गराएर काठमाडौं नै फर्काएको हो । बुधबार सिरहामा एमालेको सचिवालय समितिको बैठक बस्दैछ । बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जानेछन् भने अरु नेताहरु काठमाडौंबाट जानेछन् ।

काठमाडौंबाट जनकपुर उडान नं. 501 जहाज 9N-AJO मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको बुद्ध एयरले जनाएको छ । सो जहाजलाई बुद्ध एयरको टेक्निकल टिमले चेकजाँच गरिरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष