NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

घरमै बसेर एसिया कपको उद्घाटन समारोह र खेल कसरी हेर्ने ?

काठमाडौं । एसिया कप पाकिस्तानमा बुधबारदेखि सुरु हुँदैछ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेबाट हुनेछ । त्यसअघि पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट स्टेडियममा एसिया कपको उद्घाटन समारोह हुँदैछ ।

पाकिस्तानसँग बुधबार मुल्तान क्रिकेट रंगशालामा खेलेर नेपालले झन्डै तीन दशकदेखिको त्यो सपना पूरा गर्दै छ । पाकिस्तान र भारतजस्ता प्रतिद्वन्द्वीसँग एसिया कपमा खेल्न लागेकाले नेपाली क्रिकेटमा यो एउटा अर्को अनुपम कोसेढुंगा हो ।

तर, एसिया कपका खेलहरु कसरी र कहाँबाट हेर्ने ? धेरैलाई खोजीको विषय हो । उसो त अहिले समाजिक सञ्जालको माध्यामबाट पनि खेलहरु प्रत्यक्ष प्रसारण भइरहेका हुन्छन् । तर यस्ता प्रसारण वैध हुँदैनन् ।

एसिया कपको उद्घाटन समारोह स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ भने, भारतीय सरकारी च्यानल डीडी स्पोर्टसले पनि खेल प्रशारण गर्ने छ । हामीले त्यहाँबाट हेर्न सक्ने छौँ ।