NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सुन प्रकरणले बदनामी भोगेपछि भन्सारका १३७ कर्मचारीले मागे सामूहिक सरुवा

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवाको माग गरेका छन् ।

विमानस्थलबाट भन्सार पास भइसकेको अवस्थामा बरामद भएको क्वीन्टल बढी(पछि ६० किलो भएको) सुन प्रकरणपछि बढेको बदनामी र मनोवैज्ञानिक त्रासका कारण उनीहरूले भन्सार विभागका महानिर्देशक समक्ष सामूहिक सरुवाको माग गरेको बताएका छन् ।

नियमित रूपमा काम गर्ने शिलशिलामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुःख दिने र मानसिक तनाव दिने गरेको उनीहरूको आरोप छ । हाल यस प्रकरणमा भन्सार विभागसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले छानविन गरिरहेको छ ।

छानविनका बहानामा बिना कारण दुःख दिने र मानसिक रूपमा क्षतविक्षत बनाउने कार्यले काम गर्न गाह्रो भएको उनीहरूको गुनासो छ ।
घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने विषयमा आफूहरूको दुई मत नरहेको बताउँदै उनीहरूले काममा खटिएका कर्मचारीलाई दुःख दिएकोबारे विरोध गरेका छन् ।

कर्मचारीमाथि अनावश्यक धरपकड गरेको, प्रमाणबिना थुनामा राखेको, पर्याप्त प्रमाण नहुँदै पक्राउ गरेको उनीहरूको आरोप छ ।

यस्ता क्रियाकलापले आफूहरूसँग सरोकार राख्ने विभिन्न निकायहरूले हेर्ने दृष्टिकोण समेत नकारात्मक हुँदै गएको जनाइएको छ ।

यस्तो छ सामूहिक सरुवा चाहनेको सूची